आफ्नै भाषण महंगो पर्यो जापानकी रक्षामन्त्री इनादालाई

टोकियो । जापानकी रक्षा मन्त्रीले आफ्नो भनाई विवादीत भएपछि माफ माग्नुपरेको छ । उनले जापानका आत्मरक्षा बलले टोकियो महानगरको एसेम्बली चुनावमा एक दलका कुनै उम्मेदवारलाई समर्थन गरिरहेको बताएकी थिइन् । अर्थात् उनले आफ्नो पार्टीलाई समर्थन रहने दाबी गरेकी थिइन । रक्षा मन्त्री तोमोमी इनादाले आत्मरक्षा बलका अधिकारीहरुलाई आफ्नो टार्टीमा लाग्न आग्रह गरेकी थिइन् ।

जापानको कानुनले आत्मरक्षा बलका अधिकारीहरुलाई राजनीतिक नेतृत्वसँगको भेटघाट र राजनीतिक गतिविधिलाई रोक लगाएको छ ।

मंगलबार एक भाषणका क्रममा इनादाले आत्मरक्षा बलका अधिकारीहरु, रक्षा मन्त्रालय र लिबरल डेमोक्राटिक पार्टीका तर्फबाट आफ्ना उम्मेदवारलाई मत दिन आह्वान गरेकी थिइन् ।

आत्मरक्षा बललाई विवादमा र राजनीतिमा तान्न खोजेको भन्दै उनको आलोचना भएको थियो । बिहीबार उनले आफुले आत्मरक्षा बललाई राजनीतिमा ल्याउन नखोजेको र आफुरक्षा मन्त्री मात्र नभएर पार्टीको नेता पनि भएको बताएकी छिन ।

उनले आफुले आत्मरक्षा बलका अधिकारीहरुलाई कुनै दवाव नदिएको पनि दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?