जापान सहित अमेरिका र दक्षिण कोरिया बीच नयाँ सहमति हुने संकेत, मुनले थाले पहल

टोकियो । अमेरिकामा राष्ट्रपति मुनले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गर्ने छन् । वार्तामा जापान र अमेरिकासँग दक्षिण कोरियाले संयुक्त काम थाल्नेबारे छलफल हुने छ ।

उनले कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यक परामर्श गर्ने र यस बारेमा जापानी शीर्ष नेतृत्वलाई पनि जानकारी दिने बताउका छन् ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ । जापान सागरमा निरन्तरक्षेप्यास्त्र प्रहार गरिरहेका बेला मुन अमेरिका पुगेकाहुन् ।

राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उनी महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?