जापानले भन्यो–कतारलाई एक्ल्याउने हैन,अब सहकार्य गर्ने हो

टोकियो । जापानका विदेश उप–मन्त्री केन्तारो सोनोउराले संयुक्त अरब इमिरेट्स (युएइ)का विदेश मन्त्रीलाई भेटी कतारसँगको कुटनीतिक समस्या समाधान गर्न आग्रह गरेका छन् । मन्त्री सोनोउराले कुटनीतिक समस्या कुटनीतिकै माध्यमबाट समाधान गर्न आग्रह गरेका हुन् ।

युएइका विदेश मन्त्री शेख अब्दुल्ला बिन जायेद अल नाहयानसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

युएई, साउदी अरब लगायतका देशहरुले कतारमाथि प्रतिवन्ध लगाएका छन् ।

उनीहरुले इस्लामीक कट्टरपन्थिहरुलाई सहयोग गरेको आरोपमा कतारमाथि प्रतिवन्ध लगाएका हुन् ।

साोनोउराले आतंकवाद विरुद्ध लड्नका लागि कतारको साथ र सहयोग अपरिहार्य हुने भएकाले कतारसँगको सहकार्यमा जोड दिन पनि आग्रह गरे ।

युएइका विदेश मन्त्रीलेभने आफुहरु कुटनीतिक पहलमै रहेको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?