‘यसपालीको तीजमा जाने हो जापानको शहर’

टोकियो । पछिल्लो समय गीत संगीत क्षेत्रको आकर्षक गन्तव्य स्थान जापान बन्दै गईरहेको छ ।

म्यूजिक भिडियो निर्माण देखि गीत संगीतमा रुचि राख्नेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

अतिनै व्यस्त शहरमा रहेर पनि शब्द रचनामा समय छुट्याउने र गीत संगीत मार्फत आफ्ना भावनाहरु प्रस्तुत गर्ने नेपालीहरुको संख्या बढ्दो छ ।

म्यूजिक भिडियोसहित छिट्टै बजारमा आउन लागेको तीज गीतमा लामो समय देखि जापानमा व्यवसाय गर्दै आएका दिनेश गुरुङ र जापानमा अध्ययन तथा पत्रकारितामा समेत सक्रिय रहेकी स्मृति मोक्तानको शब्द रचना रहेको छ ।

सो तीज गीतमा चर्चित लोक दोहोरी गायक खुमन अधिकारी र लोक गायिका शान्ति सुनारको स्वर रहेको ‘यसपालीको तीजमा जाने हो जापानको शहर’ भिडियो बजारमा आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?