टोकियो । महिला समुह जापानले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
जुलाई दुई तारिखका दिन नेपाली मुरा हल (सोलमारी रेष्टुरेण्ट) मा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
दिउँसो एक बजेबाट कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रमा राजदूत राणाको कार्यकाल सफलताको शुभकामना दिइने छ ।
महिला समुह जापानले आयोजना गरेको कार्यक्रममा राजदूत राणाले आफ्ना भावि योजनाका बारेमा जानकारी दिनेछिन् ।
राजदूत राणाको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको र महिला राजदूतलाई जापानमा रहेका नेपाली महिलाहरुको अवस्थाका बारेमा जानकारी गराइने आयोजकले जनाएको छ ।
जापानमा रहेका नेपाली नारीहरु खुशी भई सो सम्मान कार्यक्रम आयोजना गर्न लागेकोले उपस्थितिका लागि कार्यक्रम संयोजक कमला काप्रीले अनुरोध गरेकी छिन ।