बानियाँको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय क्युशु क्षेत्रीय समिति गठन

फुकुओका । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको फुकुओका क्षेत्रीय समितिमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जुन २४ मा सम्पन्न भएको अधिवेशनले लक्ष्मण बानियाँको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा देवराज उप्रेती, नवराज गौतम, सचिवमा शिशिर ज्ञवाली, सह-सचिवमा सुरज बन, कोषाध्यक्षमा दिलेन्द्र जोशी, सह-कोषाध्यक्षमा मोहन सिंह मडाई (मनोनित) र प्रवक्तामा ज्योति केसी (मनोनित) रहेका छन् ।

त्यस्तै गरी सदस्यहरुमा सुर्य कुमार कुवंर, सचिन नेवाङ, प्रेम गुरुङ, पंकज बजगाई, नारायण सुबेदी, नविन अधिकारी, आशिष खड्की रहेका छन् । आजै बसेको बैठकले २ जना मनोनित गरी १५ सदस्यीय कार्यसमिति सदस्य पुर्याईएको छ ।

सो अधिवेशनका लागि केन्द्रीय अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, महासचिव अनुज थापा, सचिव बुद्वि घिमिरे, क्युशु क्षेत्रीय समितिका पूर्व सचिव वाशुदेव लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?