जापानी सम्राटकी छोरी बनिन् जिन्जुमाको मुख्य पुजारी

टोकियो । सम्राट आकिहितो तथा साम्राज्ञी मिहिकोकी छोरी सायाको कुरोडाले आएसई जिन्जुमा मन्दीरको मुख्य पुजारीको रुपमा कार्यभार सम्हालेकी छन् । ४८ वर्षकी कुरोडाले ८६ वर्षका पुजारी अट्सुको इकेदालाई विस्थापन गर्दै पदभार ग्रहण गरेकी हुन् ।

इकेदा सम्राटकी जेठी दिदी हुन् । इकेदाले २९ वर्ष उक्त पदमा बसेर काम गरेपछि सम्राट परिवारले उनलाई फिर्ता बोलाएर कुरोडालाई पठाएको हो ।

कुरोडा सम्राट परिवारभन्दा बाहिर विवाह गरेपछि सामान्य व्यक्तिमा परिणत भएकी थिइन् ।

आएसई जिन्जुमा दोस्रो विश्वयुद्ध पछि सम्राट परिवारका महिला सदस्य मुख्य पुजारी बन्ने चलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?