जनताको विरोधका बीच त्सुकिजी मस्य केन्द्र स्थानान्तरण गर्ने निर्णय

टोकियो । टोकियोका गभर्नर युरीको कोइकेले टोकियोकै प्रसिद्ध त्सुकिजी मस्य केन्द्र नयाँ स्थानमा स्थानान्तरण गर्ने बताएका छन् ।

विवादीत स्थानमा स्थानान्तरण गर्न लागिए पनि यो अस्थायी मात्र भएको उनले बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले अस्थायी रुपमा मस्य केन्द्र स्थानान्तरण गर्न लागिएको जनाए । त्सुकिजी माछा बजार लोकप्रियका अलवा पर्यटकीय क्षेत्रका रुपमा समेत रहेको छ ।

८० वर्ष पुरानो माछा बजार सार्ने विषयमा स्थानीयले विरोध जनाएका थिए ।

टोकियो प्रशासनले पुरानो मस्य केन्द्रलाई स्थानान्तरण गरि तोयोसुमा सार्ने निर्णय गरेसँगै विवाद भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?