नेपाली विद्यार्थीहरुलाई जापानमा रोजगारीको सुनौलो अवसर, दूतावासकै सहयोगमा रोजगार मेला

टोकियो । जापानमा अध्ययनरत वा अध्ययन पुरा भैसके पनि रोजगारी नपाएर हैरानहुनुभएको छ ? अब आत्तिनु पर्दैन ।

नेपाली दूतावासको सहयोगमा मेट्रोपोलिसन टोकियो प्रोफेसनल इन्टिच्युसन एसोशिएसनले ग्लोबल ह्युमन रिसोर्स क्यारियर फोरम नामक रोजगार अवसर मेलाको आयोजना गर्नेभएको छ ।

यही जुन २४ मा आयोजना हुने मेलामा एसियन विद्यार्थीहरुलाई प्राथमिकता दिइने नेपाली दूतावास टोकियोले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

दूतावासले आफुहरुको समेत सहयोगमा आयोजना हुन लागेको उक्त रोजगार मेलाले नेपाली विद्यार्थीहरुलाई सहभागिता जनाउन आग्रह गरेको छ ।

जापानमा अध्ययनरत र अध्ययन पुरा गरि रोजगारीको खोजि गरिरहेका हजारौं नेपाली विद्यार्थीहरुका लागि उक्त मेला फलदायी बन्न सक्ने दूतावासले जनाएको छ ।

उक्त मेलामा सहभागि बनी रोजगारीको अवसरको ग्यारेन्टी गर्न पनि दूतावासले विज्ञप्ती मार्फत् नेपाली विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

जापानमा रहेर अन्य काम गरिरहेका नेपालीहरुले पनि मेलामा सहभागिता जनाएर राम्रो कम्पनीमा काम गर्ने अवसर पाउन सक्ने विज्ञप्तीमा उल्लेख छ ।

उक्त रोजगार मेलामा जापानका २० भन्दा बढी प्रख्यात र ठुला कम्पनीहरुले सहभागिता जनाउने र ती कम्पनीहरुले मेला स्थानबाटै रोजगारी दिन सक्ने भएकाले पनि सहभागिताका लागि दूतावासले आग्रह गरेको छ ।

रोजगार मेला गोटान्दा टिओसी विल्डिङ, ७–२२–१७ निसी, गोटान्दा सिनओका–केयु, टोकियोमा जुन २४ का दिन बिहान साढे दश बजेदेखि दिउँसो साढे चार बजेसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?