जापानी राजकुमारी वैवाहिक जीवनमा बाँधिदै

जापान ।  जापानी राजकुमारी माको वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । राजपरिवारको अनुसार उनको लगनगाँठो जुलाई ८ मा गरिने भएको छ ।

सम्राट अकिहितोकि जेठी नातिनी माकोको विवाह उनकै विश्वविद्यालयमा अध्ययनरत सहपाठी संग हुन लागेको हो । पत्रकार सम्मेलन गर्दै २५ वर्षीय माकोले २५ वर्षकै कि कोमुरोसंग वैवाहिक जीवनमा बाँधिने घोषणा गरेकी हुन् ।

टोकियोको कानुनि निकायमा काम गरिरहेका कोमुरोले हितोसुबाशी विश्वविद्यालयमा मास्टर डिग्री अध्ययन गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्रिस्चियन विश्वविद्यालय, टोकियोमा दुई जोडीहरुले संगै अध्ययन गरेका थिए ।

उनीहरुको भेट आज भन्दा ५ वर्ष अघि आफ्ना अन्य साथीहरु मार्फत भएको र भेट भएको एक वर्ष पछी कोमुरोले राजकुमारीलाई प्रेम प्रस्ताव राखेको बताएका छन् । राजकुमारीको लगनगाँठो संगै अब जापानी सम्राटहरुको परिवार सम्राट सहित १८ जना रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?