आफ्नै ड्रोनले गर्यो जापानको न्युक्लियर प्लान्टमा हमला !

टोकियो । जापानको पहिलो गैह्रआतंकवादी ड्रोनले इची प्रान्तमा परिक्षण हमला गरेको छ । त्यहाँको न्यूक्लियर प्लान्टमा उक्त ड्रोनले आक्रमण गरेको हो । जापानले परीक्षण स्वरुप उक्त ड्रोन उडाएको हो । आतंकवादीहरु माथि हमला गर्ने दिगो लक्ष्य सहित उक्त ड्रोनलाई परीक्षण स्वरुप उडाइएको हो ।

ड्रोनमा ६० जना व्यक्तिहरु सवार थिए । त्यसमा स्थानीय सुरक्षा गार्डहरु र प्रहरीहरु समेत सहभागि थिए । ड्रोन इकाका न्यूक्लियर प्लान्टमा पुराइएको थियो ।

सिकोकु विद्युत पावर कम्पनीका अनुसार न्यूक्लियर प्लान्टका अपरेटर र बम डिस्पोज गर्ने टोलीले पनि उक्त परीक्षणरुपी हमलामा सहभागी थिए ।

‘आतंकवादी हमलाहरुलाई निस्तेज पार्नको लागि यो ड्रोन महत्वपूर्ण बन्न सक्छ,’ स्थानीय सुरक्षा प्रमुख हीटीडो मुरासेले भने, ‘मलाई लाग्दछ कि, अनपेक्षित घटनाहरुको लागि यो एउटा गतिलो तयारी बन्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?