टोकियो ओलम्पिकको साइक्लिङ खेल भने पर्यटकीय नगरी यामानासीमा हुने

टोकियो । सन् २०२० मा टोकियोमा हुने ओलम्पिक र पारा ओलम्पिक खेलमा रोड साईक्लिङ अर्थात् सडकमा साईकल दौड प्रतियोगिता जापानको चर्चित पर्यटकीय नगरी यामानासीमा हुने भएको छ ।
आयोजक कमिटिले पर्यटकीय र पर्यावरणीय रुपमा मनोरम रहेको टोकियोको छिमेकी सहरमा प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।

विश्व साईक्लिङ संघले उक्त स्थानमा प्रतियोगिता आयोजना गर्न जापानलाई आग्रह गरेको थियो । आयोजकले फुजी पर्वतको नजिकबाट जाने राजमार्गमा खेल खेलाउने तयारी गरेको हो ।

यो प्रतियोगिताको सुरुवात चोफुसहरमा निर्मित नयाँ खेल प्रतिष्ठानबाट हुने छ भने यामानासी सहरको प्रतिष्ठीत पर्वतको बाटोहुँदै शिजुओकास्थित मोटर स्पोर्टस मैदानमा आएरसकिने छ ।

यो सँगै टोकियोओलम्पिकमा टोकियोबाहिरहुने योखेल ९ औं हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?