प्रधानमन्त्री आबेले भने– जापानको हित बाहेक केहि सोच्ने फुर्सद छैन

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफुले कसैमाथि पनि भेदभावपुर्ण व्यावहार नगर्ने प्रष्ट पारेका छन् । उनले आफु सिंगो जापानको प्रधानमन्त्री भएकाले देशको हित बाहेक अरु केही नसोचेको पनि बताएका छन् । शनिबार बिहान पत्रकारहरुसँग टोकियो मासंक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री आबेले यस्तो बताएका हुन् ।

पश्चिम जापानस्थित एहिमे विशेष आर्थिक क्षेत्रमा एक पशु चिकित्सा विद्यालय खोल्ने तयारी भएको थियो । जसमा प्रधानमन्त्री आबेका अत्यन्त निकट साथीको लगानी रहेको र आबेले अधिकार उल्लंघन गर्दै अनुमती दिएको दस्तावेज विपक्षीहरुले संसदमा प्रस्तुत गरेका थिए।

शुक्रबार मात्रै जापानका शिक्षा मन्त्रीले उक्त घटना कपोलकल्पित भएको र सरकारलाईअनावश्यक विवादमा तान्नेप्रयत्न भएको बताएका थिए ।

शुक्रबार पनि प्रधानमन्त्री आबेले संसदको माथिल्लो सदनको एक समितिमा आबेले यस्तो प्रस्ताव प्रधानमन्त्री कार्यालयमा आइपुगे पनि आफुले स्विकृति नदिएको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?