इराकले अन्तिम समयमा जापानको अंक खोस्यो, तर पनि जापान शीर्ष स्थानमा

टोकियो । जापानले विश्वकप छनौट अन्तरगतको महत्वपुर्ण खेलमा अंक बाँडेपछि समस्या देखिएको छ । समुहको शीर्ष स्थानमा रहे पनि एक अंकको मात्रै फरक भएको छ । समूह ‘बी’ मा रहेको जापानलाई इराकले १–१ को बराबरीमा रोक्यो । तेहरानमा भएको खेलमा जापानका लागि युया ओसाकाले खेलको सुरुआतमै हेड गोल गरेका थिए ।

तर योभन्दा बाहेक जापानले अर्को गोल गर्न सकेन र समुहको सबैभन्दा कमजोर टिमसँग अंक बाँड्न पुग्यो ।

इराकले सुरक्षाका कारण घरेलु खेल तेहरानमा खेल्दै आएको छ । इराकका लागि बराबरी गोल माधी कामेलले दोस्रो हाफमा गरेका थिए । इराक छनोट स्पर्धाबाट पहिले नै बाहिरिइसकेको छ र उ यो समुहको सबैभन्दा कमजोरटिम हो ।

समूहमा जापानको साउदी अरेविया र अस्ट्रेलियाको भन्दा १ अंक बढी छ । उ अहिले शीर्षस्थानमा कायम रहेको छ । अझै २ खेल पनि खेल्न बाँकी छ ।

६ देश सामेल दुई समूहका शीर्ष २ टोली मात्र रसियामा अर्को वर्ष हुने विश्वकपका लागि स्वतस् छनोट हुनेछन् । तेस्रो स्थानमा आउनेहरूले प्लेअफ खेल्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?