यौनदासी सम्बन्धमा जापानसँग नयाँ सम्झौता गर्न दक्षिण कोरियामा दवाव

टाेकियाे । दक्षिण कोरियाको सत्तारुढ दलले जापानले दोस्रो विश्वयुद्धका समयमा राखेको भनिएको यौनदासीका सम्बन्धमा नयाँ सम्झौताको माग गरेको छ ।
कोरियाले सो सम्बन्धमा बुधबार नयाँ धारणा सार्वजनिक गर्दै सो माग गरेको बताइएको छ । दोस्रो विश्वयुद्धका समयमा जापानी सैनिक सिपाहीले कोरियाली माहिलालाई बन्धक बनाई यौनदासी राखेको दाबी कोरियाले गर्दै आएको छ ।

यसरी युद्धका समयमा महिलामाथि गरेको यो अमानवीय व्यवहारका लागि जापानले ती दासीका परिवार र कतिपय जीवितहरुलाई पनि उनीहरुको चित्तबुझ्नेगरी आम रुपमा माफी मागी आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएको छ ।

सो विषयमा हुनत सन् २०१५ मा पनि एक खालको सहमति भएको थियो । तर पनि सो सहमतिमा यौनदासीसँग र कोरियासँग माफी माग्नुपर्नेमा त्यसो हुन नसकेको जनाएको छ ।

कोरियाको सत्तारुढ दल डेमोक्रेटिक पार्टीका अध्यक्ष चु मिएले यसअघि अर्थात् सन् २०१५ मा जे जस्तो सहमति भएको थियो अहिले त्यसो हुन नसकेकोले अब जापानले कोरियाको मागअनुरुप नै गर्नुपर्नेमा जोड दिएका छन्र ।

त्यस समयमा यौनदासी राखिएका महिला अहिले ८० वर्ष र त्योभन्दा केही बढीको उमेरका पुगेका छन् । उनीहरुले जापान सरकारसँग विगत लामो समयदेखि नै आफ्नो माग राख्दै आएका छन् ।

उनीहरुले जापान सरकारले आफूहरुसँग माफी माग्नुपर्ने र आफूहरुले मागेजति क्षतिपूर्ति दिनुपर्ने माग पनि गर्दै आएका छन् । सो मागलाई सम्बोधन गरेको भन्दै जापानले पनि सन् २०१५ मा क्षतिपूर्तिको सहमति गरेको थियो ।

तर सो क्षतिपूर्ति पूरा नभएको उनीहरुको भनाई छ । ती महिलाले सन् १९९२ देखि नै हरेक बुधबार प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यस्तो प्रदर्शनलाई हरेक बुधबार निरन्तर रुपमा गर्ने गरेका छन् ।

यो प्रदर्शनलाई विश्वकै सबैभन्दा लामो समयदेखि कायम राखेको विरोध प्रदर्शनको रुपमा लिइन्छ । हरेक बुधबार उनीहरुले सोलमा रहेको जापानी दूतावासको बाहिर प्रदर्शन गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?