एनआरएन क्युस्युको अध्यक्षमा लामाको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्वता

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको क्षेत्रिय समिति क्युस्युको भावि अध्यक्षमा हस्त लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

क्युस्यु क्षेत्र एनआरएन जापानको टोकियो पछि सबैभन्दा बढी मतदाता भएको क्षेत्र हो । जापान भर दश हजार एनआरएनका मतदाता छन् भने क्युस्युमा मात्रै १ हजार ५ सय मतदाता छन् ।

फुकुओका क्षेत्रमा नेपाली समुदायलाई सहयोगका लागि लागिपर्ने लामाले एनआरएन मार्फत् काम गर्न सहज हुने भएकाले उम्मेदवारी दिएको बताए ।

लामाले आफु विजयी हुने लगभग निश्चित भैसकेको दाबी समेत गरेका छन् । जापानको कलेजमा विगत दश वर्षदेखि कार्यरत लामा लामाले आफ्ना अनुभव, योग्यता र क्षमताको उपयोग गर्दै एनआरएन र नेपाली समुदायको हितका लागि आफु सधैं लागिपर्ने प्रतिवद्धता  जनाएका छन् ।

लामाले क्युस्यु क्षेत्रमा एनआरएनको क्षेत्रिय कार्यालय आठ घण्टा सञ्चालनमा ल्याउने प्रतिवद्वता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?