९ लाख ५० हजार डलरको पाण्डाले बच्चा जन्माउँदा टोकियो चिडियाघरमा खुसीयाली

टोकियो । टोकियोस्थित उएनो चिडियाघरमा शिन शिन नाम गरेकी एक पाण्डाले बच्चा जन्माएको छ । उएनो चिडिया घरमा पछिल्लो पाँच वर्षमा पहिलो पटक पाण्डाले बच्चा जन्माएको हो । सोमबार जन्मिएको शिन शिन पाण्डाको बच्चालाई अधिकारीहरुले राम्रो स्याहार गरिरहेका छन् ।

उक्त पाण्डा गर्भवती भएको पत्ता लागेपछि नै सुत्केरी गराउनका लागि आवश्यस सबै तयारी थालिएको थियो ।

चिडिया घरका अधिकारीहरुले केही समयसम्म बच्चाको विशेष हेरचाह र निगरानी गर्ने बताएका छन् । उक्त पाण्डाले बच्चा जन्माएको खुसीयालीमा चिडियाघरमा विशेष कार्यक्रमको आयोजना गरिने छ ।

सन् २०११ मा जापान सरकारले यो पाण्डा चीनबाट ल्याएका थिए । जापानले यो पाण्डा राखेबापत प्रतिवर्ष ९ लाख ५० हजार डलर चिनलाई दिने छ । शिन शिन पाण्डा चीनको भएको र भविष्यमा नवजात शिशु चीनलाई नै दिइने अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?