जापानको राष्ट्रवादी आन्दोलनका नेता ओताको निधन

टोकियो । ओकिनावा क्षेत्रमा अमेरिकी सैन्य क्याम्प हटाउनु पर्नेमाग राख्दै आएका ओकिनावाका पूर्व गर्भनर मासाहिदे ओताको ९२ वर्षको उमेरमा निधन भएको छ । ओतालाई जापानको राष्ट्रियताको आन्दोलनको नेता मानिन्छ ।

ओताले सन् १९९० मा पदभार ग्रहण गर्दैओकिनावाको विकासमा नेतृत्व लिएका थिए। उनी ८ वर्ष सम्म गभर्नर रहे ।

ओताले अमेरिका र जापान सरकारलाई अमेरिकी सैन्य अड्डा व्यवस्थीत र एकीकृत बनाउन चर्को दवाव दिएका थिए ।

उनको नेतृत्वमा भएको दवाव आन्दोलन पश्चात् ११ स्थानमा रहेको अमेरिकी सैन्य अड्डा एकीकृत भएको थियो । गभर्नर पद त्यागेपछि उनले एक अनुसन्धान केन्द्र खोलेर त्यसमै कियाशिल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?