जापानको रेष्टुरेण्टमा काम गर्नुहुन्छ ? जान्नुहोस् अब जापानको शैली, दिईंदैछ प्रशिक्षण

टोकियो । जापानमा रेष्टुरेण्टमा काम गर्दै आएका र रेष्टुरेण्ट समेत सञ्चालन गर्दै आएका विदेशी कर्मचारीहरुलाई जापानी शैलीमा अभ्यस्त पार्नका लागि सहयोग गरिने भएको छ । जापानमा श्रमीकहरुको कमी रहेको र समस्या समाधानका लागि विदेशी कामदारलाई जापानका रेष्टुरेण्टहरुमा विदेशी कामदारलाई राख्ने गरिएको छ ।

अधिकांश जापानीहरुले सञ्चालन गरेका रेष्टुरेण्टहरुमा विदेशी कामदार रहेका छन् भने जापान पुगेका प्रवासीहरुले समेत रेष्टुरेण्ट चलाउँदै आएका छन् ।

तर, कामका क्रममा जापानी शैली र संस्कार नजान्दा ग्राहकहरुमाथि अपमान हुने र कामदार स्वयंले नै काम छाड्ने समस्या बढेपछि नयाँ प्रशिक्षण अभियानसुरु भएको हो ।

अप्रिलबाट सुरु भएको यो अभियानका लागि जापानको सरकारी तहबाट सहयोग भैरहेको छ । प्रशिक्षणमा पुर्णकालीन कामदारहरु र रेष्टुरेण्ट सञ्चालकलाई सहभागि गराइएको छ ।

अहिलेसम्म एक सय जना विदेशी कामदारलाई प्रशिक्षण दिइएको र आगामी दिनमा यस्तो प्रशिक्षण कार्यक्रमलाई बढवा दिने तयारी गरिएको छ ।

भियतनाम, चीन, कोरिया लगायतका देशबाट आएका कामदारलाई प्राथमिकताका साथ प्रशिक्षणमा सहभागि गराइए पनि आगामी दिनमा अन्य देशबाट आएका कामदारलाई पनि प्रशिक्षण दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?