यी हुन् १४ वर्षे व्यावसायीक चेस खेलाडी, जस्ले जापानमा तहल्का मच्चाए

टोकियो । जापानका सबैभन्दा कम उमेरका चेस खेलाडीले नयाँ रेकर्ड राख्न सफल भएका छन् । उनले लगातार २५ खेलमा जित निकालेका हुन् । जापानका सबैभन्दा युवा व्यावसायीक चेस खेलाडी सेता फुजिईले राखेको यो रेकर्ड अहिलेसम्मकै दोस्रो सर्वाधिक जित हो भने सबैभन्दा कम उमेरमा सबैभन्दा बढी जित हो ।

अघिल्लो अक्टोबरमा उनी व्यावसायीक चेस खेलाडी बन्दा १४ महिना २ महिनाका थिए ।

उनी व्यावसायीक खेलाडी भएदेखि अहिलेसम्म कुनै पनि प्रतियोगितामा पराजित भएका छैनन् । शनिबार फुजिइले दुई थप जित दर्ता गरेका थिए ।

अब उनी सबै खाले उमेर समुहमा सर्बाधिक विजेता बन्नका लागि ४ खेल जित्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?