जापानी सम्राट आकिहितोले गद्दी त्याग गर्न पाउने, तर उनका उत्तराधिकारीले नपाउने

टोकियो । जापानको संसदले सम्राट आकिहितोलाई गद्दी त्याग गर्न बाटो खुल्ला गरिदिएको छ । संसदले सम्राटको गद्दी त्यागको घोषणालाई सहयोग पुग्नेगरि कानुन पारित गरेको हो । ८३ वर्षीय सम्राट आकिहितोले आफ्नो स्वास्थ अवस्थालाई देखाउँदै गद्दी त्यागको घोषणा गरेका थिए भने उनको गद्दी त्यागबारेको कानुन मौन थियो ।

जापानी राजतन्त्रको दुईसय वर्ष यता पहिलो पटक जीवित सम्राटले गद्दी त्याग गर्न लागेको यो नै पहिलो हो । सम्राट आकिहितोले सन् २०१८ को अन्त्यमा गद्दी त्याग गर्ने र युवराज नारुहितोलाई गद्दी सुम्पने अनुमान गरिएको छ ।

१९८९ मा आफ्ना पीता नारुहितोको निधन पनि उनी गद्दीमा बसेका थिए । मुटुको शल्यक्रिया गरिएको र प्रोटेस्टेड क्यान्सरको उपचार समेत गराइरहेका सम्राटले स्वास्थ्यलाई नै कारण बनाएर गद्दी त्याग्न लागेका हुन् ।

गत वर्ष लामो समयपछि उनले देशवासीका नाममा सम्बोधन गर्दै आफु गद्दी त्याग गर्न लागेको बताएका थिए । संसदले पारित गरेको कानुन अनुसार सम्राटले गद्दी त्याग गरेपछि युवराज नारुहितोले राज्य सम्हाल्नेछन् ।

संसदले पारित गरेको कानुन अनुसार नारुहितो र उनका उत्तराधीकारीहरुले भने गद्दी त्याग गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?