जापानका जनतालाई कसरी बचाउने ? प्रधानमन्त्री आबेले पाए यस्तो सुझव

टोकियो । जापानको लिबरल डेमोक्रयाटीक पार्टीले जापानका प्रधानमन्त्री सिन्जो अबेलाई नागरिकहरुलाई सुरक्षित बनाउन नयाँ रणनीति सुझाएको छ । जापान र दक्षिण कोरियामा बसिरहेका नागरिकहरुलाई उत्तर कोरियाको मिसाइलबाट जोगाउनको लागि तरिका बदल्नुपर्ने सुझाव उक्त पार्टीले प्रधानमन्त्रीलाई दिएको छ ।

उक्त पार्टीले जापानीज नागरिकहरुको सुरक्षाको लागि सरकारले एयरलाइन्स र ढुवानी कम्पनीहरुसँग नजिकको सम्बन्ध बनाउनुपर्ने सुझाव दिएको छ ।

उसले जापानमा नयाँ सेल्टरहरु बनाउनुपर्ने समेत बताएको । साथै उक्त पार्टीले सरकारको तर्फबाट टेभिजनहरुमा चनचेतनामुलक क्याम्पेनहरु सुरु गर्नुपर्ने जनाएको छ ।

जापानीज सिमामा मिसाइल परिक्षण हुँदा के गर्ने भन्ने जानकारी टेलिभिजनहरुबाट प्रशारण हुनुपर्ने प्रस्ताव सो पार्टीले सरकार समक्ष राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?