ग्लोवल गोर्खा नेप्लिज काउन्सिल गठनका लागि मोडेल लिम्वु जापान आउँदै

टोकियो । जापानमा ‘ग्लोवल गोर्खा नेप्लिज काउन्सिल’ गठन हुने भएको छ ।

गोर्खाली सेनाले ब्रिटिसमा सेवा गरेको २०० वर्ष पुगेको अवसरमा गठन गरिएको काउन्सिलको जापान शाखा विस्तार गर्न लागेको हो ।

कार्यक्रमका लागि यु.के शाखाका उपाध्यक्ष तथा साँस्कृतिक विभागका उपप्रमुख समेत रहेकी मोडेल अनिता लिम्वु जापान आउने भएकी छिन् ।

जापानको इकेबुकुरो स्थित गामबेसी दोहोरीको सभा हलमा हुन लागिएको वृहत साँस्कृतिक कार्यक्रम सहित काउन्सिल गठन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

सो कार्यक्रम जुन १८ तारिख १ बजेबाट घोषणा सभा हुने बुझिएको छ ।

काउन्सिल साहित्य, संगीत, कलाकारिता, पत्रकारिता र खेलकुद क्षेत्रमा क्रियाशील रहेको छ भने विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने अभियान अघि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?