जापानमा नेपाली विद्यार्थीको समस्या समाधानका लागि एनआरएन कान्तोको पहल, हुँदैछ वृहत्त अन्तरक्रिया

टोकियो । गैह आवासिय नेपाली संघ (एनआरएन) कान्तोले जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै जापानमा नेपाली विद्यार्थीहरुलाई अवसर र चुनौति विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । एनआरएन कान्तो क्षेत्रिय समितिले विभिन्न समयमा विद्यार्थीहरुका लागि रोजगारी र अवसर र चुनौतिका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

यस पटक जुन २५ तारिखका दिन टोकियो शिन्जुकुको सिनबोकुबोस्थित सोलमारी रेष्टुरेण्टको सभाहलमा कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

गोष्ठीमा जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई पर्नसक्ने सम्भावित समस्याहरुको समाधानका उपाय, जापानी भाषाको अध्ययमा आइपर्ने समस्या देखि उच्च शिक्षा अध्ययनमा सहजिकरणका उपायका बारेमा छलफल हुने छ ।

यस्तै अध्ययन समाप्ती पश्चात् रोजगारीका लागि सहजिकरणको उपाय, जापानमा रहेका नेपाली समुदायबीचको सौहार्दता, विद्यार्थीहरुले भोग्नुपरेका मानसिक र शारीरिक तनाव र यसबाट बच्ने उपायका बारेमा पनि विज्ञसमुहको सहभागितामा अन्तरक्रिया गरिने कार्यक्रम संयोजक प्रकाश थापाले बताए ।

गोष्ठीमा विश्वविद्यालयको अध्ययन समाप्ती पश्चात् विद्यार्थीहरुले गर्न सक्ने काम र अवसरका बारेमा जानकारी दिइने छ । कार्यक्रमलाई दुई भागमा विभाजन गरी पहिलो सेसनमा विज्ञहरुले अनुभव र अवसरका बारेमा जानकारी दिने र दोस्रो सेसनमा अन्तरक्रिया रहने आयोजक समितिका सदस्य जनकबिक्रम शाहीले जानकारी दिए ।

आयोजक समितिका टासी लामाका अनुसार विज्ञहरुले तथ्यमा आधारीत प्रस्तुती दिने छन् । उनीहरुले विद्यार्थीले पाउन सक्ने अवसर, आइपर्ने चुनौति र यसको सामना गर्ने उपायबारे जानकारी दिने छन् ।

दोस्रो सेसनमा भने विज्ञहरुसँग विद्यार्थीहरुले प्रत्यक्ष अन्तरक्रिया गर्न सक्ने आयोजक समितिका सदस्य नविन निउरेले बताए ।

कार्यक्रममा सहभागिताका लागि निम्न स्थान र व्यक्तिहरुसँग सम्पर्न गर्नसकिने आयोजकले जनाएको छ ।

मिती – २०१७-०६-२५ (यही महीनाको २५ तारीक)

स्थान – सिनवोकुबो स्थित सोलमारी मुरा हल समय – ठिक दिउसो २ बजे बाट

सम्पर्क : टासी लामा :- 080-3178-2782

प्रकाश थापा :- 090-9381-4014

नबिन निउरे :- 080-4145-9955

जनक बिक्रम शाही :- 090-5785-6302

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?