उत्तर कोरिया विरुद्व जापानले थाल्यो अभियान, रुस, अमेरिका र चीनको साथ

टोकियो । जापानकी रक्षा मन्त्री तोमोमी इनादाले उत्तर कोरियाको आतंकवादी गतिविधि नियन्त्रणका लागि एसियाका सबै देशहरु सहमत रहेको बताएकी छिन् ।

उनले एसियाका सबै देशहरु मिलेर उत्तर कोरियामाथि दवाव श्रीजना गराउनुको विकल्प समेत नभएको प्रष्ट पारेकी छिन् ।

इनादाले उत्तर कोरियाले आफ्नो आणविक क्षमता बढाउँदै लगेको प्रति जापान लगायत सिंगो एसिया नै चिन्तित रहेको उल्लेख गर्दै यसमा अमेरिका लगायत पश्चिमा देश हरुको पनि चासो जोडीएको बताइन् ।

शनिबार इनादाले दक्षिण कोरिया र अमेरिकाका समकक्षीहरुसँग भेटवार्ता गरेकी थिइन् । यस अघि उनले न्युजिल्याण्ड र मलेसियाका समकक्षीहरुसँग पनि भअलग अलग भेटवार्ता गरेकी थिइन् ।

यी सबै भेटवार्तामा जापानको आत्म सुरक्षा वलका उपप्रमुख काजुआकी सुमिदा पनि सहभागि थिए । गत हप्ता मात्रै इनादाले चीनका उच्च सैन्य अधिकारीसँग पनि भेटवार्ता गरिसकेकी छिन् ।

जापान उत्तर कोरियाको अराजक गतिविधि अन्त्यका लागि विश्वव्यापी समर्थनको खोजिमा छ र अहिलेसम्म अमेरिका, रुस, चीन लगायतका महत्वपुर्ण विश्व शक्तिहरुले समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?