बेलायतमा भएको आतंकवादी आक्रमणको जापानद्वारा निन्दा

टोकियो । जापानका विदेश मन्त्री फुमिओ किशिदाले लण्डन हमलाको निन्दा गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै विदेश मन्त्री किशिदाले जापान कुनै पनि प्कारको आतंक र आक्रमणमा विश्वास नराख्ने बताउँदै बेलायतमा भएको आक्रमणको घोर निन्दा गर्ने बताएका छन् ।

उनले घटनामा मारिएका व्यक्तिको पीडित परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दै उचित क्षतिपुर्ति दिलाउन लागि बेलायत सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले हमला आतंकवादीहरुको निकृष्ठलाको पराकाष्टा भएको उल्लेख गर्दै बेलाय सरकारको साथ र समर्थनका लागि जापान तयार रहेको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?