सिंगापुरमा भयो जापान र अमेरिकाका रक्षा मन्त्रीको भेटवार्ता, शान्तिका लागि सहकार्यमा जोड

टोकियो । जापानी रक्षा मन्त्री तोमोमी इनादाले उत्तरकोरियाको आतंक अन्त्य गर्नका लागि अमेरिकी समकक्षीसँग छलफल गरेकी छिन् ।

सिंगापुरमा दुई देशका उच्च अधिकारीहरुका बीच शनिबार भेटवार्ता भएको हो ।

अमेरिकी विदेश मन्त्री जीम म्याटिसबीचकोभेट वार्ताका क्रममा उत्तरकोरियाको मिसाइलका विरुद्ध प्रतिरक्षा प्रणालीको विकास गर्ने र उत्तर कोरियालाई थप प्रतिवन्ध लगाउनेबारे छलफल भएको थियो ।

उत्तर कोरियालेनिरन्तर मिसाइल प्रक्षेपण गरिरहेका बेला दुईशीर्ष नेताबीचको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?