गरिब राष्ट्रको पक्षमा जापान, सहमतिमा आउन अमेरिकी राष्ट्रपतिलाई आग्रह

टोकियो । जापान सरकारले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अमेरिकालाई पनि सहमत गराउने प्रयास गरिने बताएको छ । सरकारले यो पनि भनेको छ की अन्य हस्ताक्षरवाला मुलुकहरुसँग मिलेर पेरिस जलवायु सम्झौताको कार्यान्वयनलाई गति दिइने छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट अलग हुने घोषणा गरेसँगै विश्व दुई ध्रुवमा विभाजीत देखिएको छ ।

जापान सरकारले जारी गरेको वक्तब्यमा जलवायु परिवर्तन विश्वकोसाझा चुनौति भएकाले एकजुट भएर यसको सामना गर्नुपर्ने उल्लेख छ ।

जापान सरकारले विकसीत देशहरुलाई जलवायु परिवर्तनको मुद्दामा सहमत गराएर कम विकसीत देशहरुलाई पनि लाभ दिलाउनका लागि अग्रसरता लिने बताएको छ ।

जापानले यो मुद्दाको नेतृत्व लिन आफु तयार रहेकाले अमेरिकी नीतिमा परिवर्तन आउने विश्वास समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?