जापानले प्रक्षेपण गर्यो उच्च गतिको अन्तरिक्ष यानबारे जानकारी दिने स्याटेलाइट रकेट

टोकियो । जापानका वैज्ञानीकहरुले उच्च गतिको अन्तरिक्षमा भएका वस्तुको गति मापन गर्न पद्तिको विकास गर्नुका साथै सफल परिक्षण गरेका छन् ।
बुधबार परिक्षण गरिएको यो स्याटेलाइट प्रणालीले उच्च गतिको अन्तरिक्ष यानहरुकोगति मापन गर्नुका साथै यसले लिने दिशाका बारेमा समेत जानकारी दिन सक्ने छ ।

यो प्रविधि प्रक्षेपणका लागि अमेरिकाले समेत सहयोग गरेको थियो ।

एएच–आइएलए नामक रकेट बुधबार बिहान ९ बजेर १९ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

दक्षिण जापानको तानीजास्हीमा सेन्टरमा रहेको मिचिबिकी स्याटेलाईट प्रणालीबाट यो प्रक्षेपण भएको जापान टाइम्सलेउल्लेख गरेको छ ।

अमेरिकी संयुक्त सैन्य अभ्यासका क्रममा हुनसक्ने सुचनाको आदान प्रदानकोसमस्यालाईयो प्रणालीले समाधान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?