चीन पनि पर्यो समस्यामा, जापानसँग सल्लाह गर्न चिनियाँ उच्च अधिकारी टोकियोमा

टोकियो । मंगलबार र बुधबार जापान र चीनका उच्च अधिकारीहरुका बीच वार्ताहुँदै छ । वार्ता उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाईल परिक्षणका बारेमा केन्द्रीत हुने बताइएको छ । चीनका स्टेट काउन्सिलर याङ जिएची तीन दिनको यात्राका लागि हिजै जापान आइसकेका छन् । यो बीचमा सोमबार बिहानै उत्तर कोरियाले अर्कोमिसाइल प्रहार गरिसकेको छ ।

याङले जापानका विदेश मन्त्री फुमिओ किशिदा र जापानको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख शोतारो याचीसँग भेटवार्ता गर्ने छन् ।

किशिदाले पनि याङ उत्तरकोरियाको गतिविधिका बारेमा गम्भिर वार्ता गर्न जापान आएको बताएका छन् । उनले चीन पनि उत्तरको गतिविधिका कारण समस्यामा पर्दै गएकाले छलफल हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?