जापानी सहयोगमा बन्ने सितापाईला–नौसिवसे सुरुङ मार्गका लागि ५ अर्ब ९४ करोड बजेट

काठमाडौं । जापान सरकारको प्राविधिक सहयोगमा निर्माण हुन लागेको  सीतापाइला-नौबिसे सुरुङमार्गको निर्माणका लागि सरकारले ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ ।सरकारले सीतापाइला-नौबिसे सुरुङमार्गको निर्माणका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याएको हाे ।

ब्यवस्थापिक संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणका लागि योरकम विनियोजन गरेको घोषणा गरे ।

जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो सुरुङ मार्ग निर्माण हुँदै छ । भूगर्भ अध्ययन र अन्य प्राविधिक अध्ययन सकिइसकेको यो आयोजना आगामी चार वर्ष भित्र सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?