हतार हतार अफिस पुगेका प्रधानमन्त्री आबेले दिए कडा चेतावनी, भन्छन्–अब म सहेर बस्न सक्दिन

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफुहरुलाई पटक पटक भड्काउन खोज्ने उत्तर कोरियाको कदमका विरुद्ध विश्व समुदायसँग परामर्श भैरहेको र उचीत समयमा उचीत कदम चाल्न आफु तयार रहेको बताएका छन् । जी–७ को बैठक सिध्याएर आएका आबे सोमबार बिहानै हतार हतार कार्यालय पुगेर पत्रकार सम्मेलन गरेका थिए ।

उनले उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाइल परिक्षणको आफुले कडा विरोध गरिरहेको बताउँदै यदी यस्तै अवस्था रहे आफुहरु पनि चुप नबस्ने बताए ।

उनले जी–७ को बैठकमा पनि उत्तर कोरियाको मुद्दा उठेको र सबै देश उत्तरका विरुद्धमा रहेकाले आफुलाई कुनै समस्या नहुने बताए।

उनले उत्तरलाई रोक्न आफु अमेरिकासँग मिलेरकाम गर्न तयार रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?