जापानमा मनाईयो ९ औं गणतन्त्र दिवस

टोकियो । जापानमा ९ औं गणतन्त्र दिवस भव्य रुपमा मनाइएको छ । टोकियोस्थित नेपाली दूतावासले आयोजना गरेको गणतन्त्र दिवस समारोहमा जापानमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता थियो । समारोह हालै जापान आई कार्यभार सम्हालेकी राजदूत प्रतिभा राणाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सभापतित्व ग्रहण गर्दै राजदूत राणाले गणतन्त्र ल्याउन योगदान दिने ज्ञात अज्ञात सहिदहरुको प्रेरणामा अघि बढ्दै उनीहरुको सपना पुरा गर्न सबै नेपाली एक भएर लाग्नु पर्ने बताइन् ।

करिब १५० जति नेपालीहरुले सहभागिता जनाएको कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितका उपाध्यक्ष, जापानका पदाधिकारीहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?