जापानमा समातियो मेगामाउथ सार्क, जीवितै भेटीदा विशेषज्ञ नै दंग

टोकियो । समुद्रको अत्यन्तै गहिराईमा पाईने विशाल प्रकृतिको सार्क जापानको पश्चिमी क्षेत्रमा भेटीएको छ । पश्चिमी जापानको मिएस्थित प्रशान्त सागरमा माछा मार्नका लागि प्रयोग गरिने जालमा सार्क भेटीएको हो । यो सार्कलाई मेगामाउथ नाम दिइएको छ ।

जापानमा पछिल्लो चार दिनमा समातिएको यो दोस्रो मेगामाउथ सार्क हो । तर,पहिलो पटक समातिएको सार्क जीवित थिएन ।

यो प्रकृतिका सार्क विरलै मात्रामा जीवीतै पक्राउ परेका छन् । एक मत्स्य कम्पनीले सहरभन्दा करिब २० किलोमिटर पर समुद्रमा थापीएको जालमा पाँच मिटर लामो सार्क परेको जानकारी दिएको थियो ।

उक्त सार्कलाईहाल पानीको ट्यांकीमा सुरक्षीत राखिएको छ ।

तोबा मत्स्यालयका विशेषज्ञ नाओतो ताकामुराले विश्वभर यस्तो प्रजातीको १२० सार्क भेटीएको र जापानमा मात्रै २० वटा भेटीएको बताएका छन् । उनले यो सार्क जीवितैभेटीनु गर्वको कुरा भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?