दक्षिण सुडानबाट फर्कियो जापानको अन्तिम शान्ति मिसन टोली

टोकियो । दक्षिण सुडानमा तैनाथ जापानी सेनाको अन्तिम टुकडी फिर्ता भएको छ । यो सँगै पाँच वर्ष भन्दा लामो समयदेखि जारी संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तरगत सुडानबाट जापान फिर्ता भएको छ । बिहीबार जापानी सेनाले अन्तिम पटक दक्षिण सुडानमा शान्ति मिसनको काम गरेका थिए । शनिबार जापानी सेनाको टुकडी जापान आइपुग्ने छ ।

जापानको जमिन रक्षा बलका सेनाका ४० जवानले दक्षिण सुडानको राजधानी जुबामा जापानी झण्डा झुकाएर फिर्ता भएका हुन् ।

अघिल्लो वर्षको डिसेम्बरमा जापानको नयाँ सुरक्षा कानुन अन्तरगत शान्ति मिसनका सेना फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?