पर्यटक भित्राउन सक्नेलाई जापान सरकारले नै रोजगारी दिने, काम गर्न सक्ने व्यक्ति खोजिदै

टोकियो । जापान सरकारले पर्यटन प्रवद्धनमा प्रभावकारी भुमिका निभाउन सक्ने व्यक्तिहरुलाई रोजगारी दिने तयारी गरेको छ । सन् २०२०मा हुने ओलम्पिक खेलकुदका क्रममा ४ करोड बढी विदेशी पर्यटकलाई आकर्षीत गर्नका लागि यस्ता अधिकारीहरुको नियुक्ति गर्ने तयारी गरिएको हो ।

अघिल्लो वर्ष २ करोड ४० लाख विदेशी जापान आएका थिए । सरकार टोकियो ओलम्पिक तथा पाराओलम्पिकको समयमा पर्यटन आवागमनको संख्या चार करोड पुर्याउने योजनामा छ ।

पर्यटन मन्त्रालयका अनुसार यो वर्षको गर्मीयाममा मात्रै जापान पर्यटन एजेन्सीका लागि बढीमा १५० जना यस्ता अधिकारी नियुक्त गरिने छ ।

जापान सरकारले यस्ता अधिकारीको खोजिकार्य थालिसकेको छ । केही दिन भित्रै पर्यटन प्रवद्धक नियुक्तिको तयारी भैरहेको मन्त्रालयले जनाएको एनएचके न्युज एजेन्सीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?