जी–७ मा प्रधानमन्त्री आबे जर्मन चान्सलरपछि सबैभन्दा अनुभवी, साइडलाईनमा हुँदैछ वार्ता

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबे जी–७ औद्योगिक राष्ट्रहरुको शिखर सम्मेलनमा सहभागि हुन इटाली पुगेका छन् ।

जि–७ को शिखर वार्तामा जर्मन चान्सलर एन्जेला मार्केल १२ औं पटक र जापानका प्रधानमन्त्री आबे छैठौ पटक सहभागि हुँदै छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, फ्रान्सका राष्ट्रपति ईमान्युएल माक्रोन सहित अन्य चार देशका राष्ट्र प्रमुखहरु भने पहिलो पटक सहभागि हुने छन् ।

जलवायु परिवर्तन, आप्रवासी र शरणार्थी समास्या समाधानका मुद्दामा उक्त शिखरसम्मेलनमा छलफल हुने छ । प्रधानमन्त्री आबेले विश्वका यी साझा मुद्दा समाधानका लागि जी–७ का नेताहरुसँग पहल गर्ने छन् ।

आमेले शिखर सम्मेलनमा साइडलाईन वार्ताका रुपमा ट्रम्प र माक्रोनसँग भेट गर्नेछन् । जी–७ को शिखर वार्तामा मार्केलपछि ट्रम्प सबैभन्दा बढी सहभागि र अनुभवि मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?