जापानी उप विदेश मन्त्रीले भने–नेपालको समृद्धिका लागि सक्दो सहयोग हुन्छ

टोकियो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएकी छिन् । राजदूत राणाले जापानका उप विदेशमन्त्री सिनशुकी सुगिमालाई ओहदाको प्रमाणपत्र बुझाएकी हुन् । भेटमा राजदूत राणा र मन्त्री सुगिमाबीच द्धिपक्षीय हित, आपसी सहयोगका विषयमा पनि छलफल भएको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत राणाले नेपालको आर्थिक विकासमा जापानले पुर्याउँदै आएको सहयोग र सद्भावको प्रशंसा गर्दै जापान सरकारलाई धन्यवाद दिएकी थिईन ।

मन्त्री सुगिमाले जापान सरकारले नेपालको आर्थिक विकास र समृद्धिका लागि सक्दो सहयोग गर्ने बचन दिएका थिए । उक्त भेट अघि राजदूत राणाले जापानका शिष्टाचार महापालसँग पनि भेटवार्ता गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?