जापानमा भब्य रुपमा मनाईयो उभौली साकेला

टोकियो । किरात राईहरुको ठुलो पर्व उभौली साकेला जापानमा पनि भब्य रुपमा मनाइएको छ । किराती भाषा, तिपी, मुन्दुम र संस्कृतिको संरक्षण र संवद्धन गर्ने र नेपाली संस्कृतिलाई जापानमा चिनाउने उद्देश्यले कार्यक्रमका आयोजना गरिएको आयोजकले जनाएको छ ।

उभौली साकेलाको अवसर पारेर बीबीक्युको समेत आयोजना गरियो । किरात राई यायोक्खा नेपालको प्रवास शाखा जापानले कार्यक्रमको आयोजना गरेको हो ।

मे २१ का दिन टोकियोस्थित हाईजीमामा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्ष, एनआरएन जापानका उपाध्यक्ष टासी लामा लगायतका किरात र गैर किरात समुदायका नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेर्पाले किरात राईहरुले जापानमा यस्तो कार्यक्रम गर्नु खुसीको कुरा भएको बताउँदै महासंघका तर्फबाट संस्कृति संरक्षणका लागि सक्दोसहयोग गर्ने प्रतिवद्धता जनाए ।

किरात राई यायोक्खा जापानका अध्यक्ष राजकुमार राईले विधी संवत् रुपमा पुजा गरि कार्यक्रमको सुरुवात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?