अठार वर्ष पछि जापानी परिवारमा आर्थिक संकट आउन सक्ने विज्ञहरुको चेतावनी

जापान ।  जापानका निजि वौद्दिक जमातले सन् २०३५ पछी जापानको एक चौथाई वृद्द परिवारमा आर्थिक कठिनाईको समस्या आईपर्ने विश्लेषण गरेका छन् ।

त्यो घोषणा अर्थ हुन्छ जापानको राज्य सरकारको कोषले घोषणा गरेको रकम भन्दा कम पैसामा आफ्नो जीवन चलाउन पर्ने अवस्था आईपर्नु हो ।

जापान अनुसन्धान केन्द्रले सरकारी बजेटको खपत तथा अन्य कारक चिजहरुको विषयमा अध्यन गरेर सो विश्लेषण गरिएको बताईएको छ ।

अनुसन्धानका अनुसार सन् २०३५ पछी ४० लाख वृद्दहरुलाई प्रशस्त आयको कमिको कारण समस्या पर्ने बताईएको छ ।

त्यस्तै १ करोड ७० लाख परिवारले औषत जीवनयापन गर्न नसके त्यस्तै समयस्या भोग्न पर्ने चेतावनी पनि विश्लेषकहरुले बताएका छन् ।

आर्थिक अवस्थाका कारण अफ्ठ्यारो जीवन जिउन बाध्य हुने जनसंख्या जापानको संख्या मध्य २८ % रहने अनुमान गरिएको छ । अनुसन्धानकर्मीहरुले सरकारले अवकाशको उमेर बढाउनु पर्ने र तिनीहरुलाई रोजगारीको सहयोग गर्नुपर्ने धारणा अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?