जापानी प्रधानमन्त्रीको सुरक्षा निकायलाई निर्देशन–तयार रहनुस्, म अन्तर्राष्ट्रिय समुदायसँग कुरा गर्छु

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाको निरन्तरको मिसाइल परिक्षणको भत्सर्ना गरेका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालय टोकियोमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले आफ्ना सुरक्षा निकायका अधिकारीहरुलाई मिसाइल प्रतिरक्षा प्रणालीलाई चुस्त बनाउन निर्देशन समेत दिएका छन् ।

आबेले राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुमा उत्तरको गतिविधि रोक्नका लागि आग्रह गर्ने तयारी भैरहेको पनि बताएका छन् । आबेले यो साता हुने जी–७ बैठकमा पनि यो विषय उठाउने जानकारी दिए ।

पछिल्लो समय उत्तर कोरियाले निरन्तर रुपमा जापान सागरमाथि मिसाइल प्रक्षेपण गरिरहेको छ भने शनिबार मात्रै जापान सागरमा मिसाइल प्रक्षेपण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?