जापानको प्रस्तावमा अमेरिकाको असहमति, चीनको समर्थन

टोकियो । एशिया प्रशान्त आर्थिक सहयोग अर्थात एपेकको व्यापार मन्त्री स्तरिय बैठक सम्पन्न भएको छ । बैठकले यो क्षेत्रमा खुल्ला व्यापार नीति अवलम्वन गर्नेबारे ढाँचा तयार पारेको छ । तर अमेरिकाले भने द्धिपक्षीय व्यापारका पक्षमा रहने बताएको छ ।

आइतबार एक वक्तब्य जारी गर्दै भियतनामको राजधानी होनाइमा बैठक सम्पन्न भएको हो । बैठकमा जापानले खुल्ला व्यापार नीति अवलम्वन गर्नुपर्ने प्रस्ताव राखेको थियो ।

यो प्रस्तावमा कुल २१ मध्ये जापान सहित २० देशका मन्त्रीहरुले समर्थन जनाएका थिए भने अमेरिकाले भने खुल्ला व्यापार भन्दा पनि द्धिपक्षीय व्यापार महत्वपुर्ण हुने बताएको थियो । चीनले पनि जापानको यो प्रस्तावको समर्थन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?