जापानको साथ र समर्थनले मात्रै प्रशान्त क्षेत्रमा स्थिरताः अमेरिकी राजदूत विलियम

टोकियो । जापानकालागि अमेरिकी राजदूतका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनित गरेका प्रतिनिधिले उत्तर कोरियामाथि उसको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम त्याग गराउन दवाव दिनका लागि जापान र उत्तर कोरियासँग सहकार्य हुने बताएका छन् ।
जापानका लागि अमेरिकी राजदूतका रुपमा नियुक्त विलियम हैगर्टीले आफ्ना राष्ट्रपति ट्रम्पले जापान र दक्षिण कोरियासँगको सहकार्यमा जोड दिएको पनि बताए ।

उनले अमेरिकी सिनेटमा उत्तर कोरियाकोसंकट समाधानका लागि जापानले खेल्न सक्ने भुमिकाका बारेमा बोलेका थिए ।

जहाँ उनले अमेरिकाले जापानको सहकार्यमा र दक्षिण कोरियाको भुमि प्रयोग गरेर मात्र यो सफलता हासिल हुन सक्ने बताएका थिए ।

उनले प्रशान्त क्षेत्रमा बढ्दो सुरक्षा चुनौतिको अन्त्यका लागि आफुले जापान पुगे लगत्तै काम थाल्ने र यसका लागि जापानी प्रधानमन्त्रीको साथ र सहयोग मिल्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?