संकट समाधानका लागि तोशिवाको चिप बिक्री योजना, अमेरिकी कम्पनी तयार

टोकियो । संकट ग्रस्त इलेक्ट्रोनिक कम्पनी तोशिवाले आफ्नो चिप कारोबार बेच्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले चिप बेच्न चाहनेहरुसँग दोस्रो पटक मागेको प्रस्ताव आह्वानको समय शुक्रबार मध्यरातिदेखि सकिएको छ र अब छिट्टै चिप बेच्ने कम्पनी बारे निर्णय हुने छ ।

जापान–अमेरिका परिसंघ संभावित खरिदकर्ता मध्येमा एक हो ।

यो परिसंघले अमेरिकाको निजी इक्विटी कम्पनी केकेआर तथा सरकारको स्वामित्वमा रहेको इनोवेशन नेटवर्क कर्पोरेशन अफ जापानमा पनि काम गरिरहेको छ ।

उक्त कम्पनीले तोशिवाले आफुलाई अधिकार दिने दाबी गरेको छ । अमेरिकी अन्य तीन कम्पनीहरुलेपनि चिप विक्रीको अधिकार लिन चाहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?