किन नेपालीले जापानमा आफ्नै ज्यान लिइरहेका छन् ? यस्ता छन् समाधानका छ उपाय

डा. विजय ज्ञवाली

प्रीय प्रधानमन्त्री सिन्जो अबे

शिक्षा मन्त्री हाकुबुन सिमोमुरा
तथा स्वास्थ्यमन्त्री निरिसिया तामुरा !

मैले जापानामा क्लिनिकल साइकोलजी अध्ययन गरिरहेको छु । आत्महत्यालाई घटाउने इच्छा सहित मैले यो विषय अध्ययन गरिरहेको हुँ ।

यहि सन्दर्भमा मैले अघिल्लो वर्षदेखि जापानमा आत्महत्या गर्ने नेपालीहरुको बारेमा अध्ययन गरिरहेको छु । यी विवरणहरु अत्यन्तै भयावह छन् । मलाई यी विवरणहरु हेरेर निकै दुख लागिरहेको छ ।

सन् २०११ र सन् दुई हजार १२ को पहिलो तीन महिनामा सात जना नेपालीले जापानमा आत्महत्या गरेका छन् । यी मध्ये ६ जना कुक भिसामा जापान आएका नेपाली हुन भने एक जना चाहिँ विद्यार्थी भिसामा अध्ययन गरिरहेका थिए ।

विदेशी भूमिको बसाईले पक्कै पनि घर र काम गर्ने ठाउँमा तनाब दिइरहेको हुन्छ । जापान संसारकै व्यस्त दैनिकी भएको देश हो भने यो पृथ्वीकै सबैभन्दा महंगो देश पनि हो ।

अन्य देशबाट जापानमा आइरहेका विदेशीहरुले जापानका शहरको दु्रत गतीको लयलाई पकड्न सकिरहेका छैनन् । उनीहरुसँग आफै व्यक्तिगत कथाहरु छन् ।

जस्तै कोही परिवारबाट टाढा भएकोमा दुखि छन् । कोही भाषाको समस्याले प्रताडीत छन् भने उनीहरुलाई आर्थिक समस्याले झक्झकाइरहेको हुन्छ ।

मलाई लाग्दछ, काम गर्ने भिसा, त्यसमा पनि कुक भिसाको बारेमा राम्रोसँग जानकारी नहुँदा धेरैले समस्या बेहोरिरहेका छन् ।

धेरै रेस्टुरेन्टहरु नेपालबाट कुक ल्याउँछन् । भारत र बंगलादेबाट पनि ल्याइरहेका हुन्छन् ।

उनीहरुले विज्ञापनको माध्यमबाट मान्छेहरुलाई आकर्षित गरिरहेका छन् । गरीब देशबाट आउने नागरिकहरुले सोही भिसाको लागि थुप्रै पैसा खर्च गरिरहेका छन् । जब उनीहरु कुक भिसामा जापान ओर्लीन्छन् उनीहरुले अत्यन्तै थोरै ज्याला पाउँछन् ।

धेरै कामदारहरुले उच्च ब्याजमा ऋण काढेर जापान आएका हुन् । लगानी र ज्यालाको अनुपात नमिल्नुनै मुख्य समस्या हो । कम ज्याला हुँदा हुँदैपनि उनीहरुलाई लोन तिर्नुपर्ने समस्या हुन्छ । यो नै आत्महत्याको मुख्य कारण हो ।

मानसिक परामर्शदाताहरू जापानमा छैनन् । थोरै यस्ता हेल्थ सेन्टरहरु भएपनि कम ज्याला कमाउने कामदारले यस्ता सेन्टरमा जानै सक्दैनन् । जापानका धेरै ठाउँमा परामर्शलाई स्वास्थ्य विमामा समावेश गरिएको छैन । यदि

उनीहरु विशेषज्ञ कन्सलट्यान्टकोमा जान सकेपनि उनीहरुलाई भाषाको समस्या भइरहेको हुन्छ ।
मानसिक स्वास्थ्यको बारेमा जानकारी नहुनु पनि जापानमा बढिरहेको आत्महत्याको अर्को कारण हो ।

अब म यो समस्याले विद्यार्थीलाई कसरी समस्या पारिरहेको छ भन्ने कुरा गर्न चाहान्छु । विदेशी विद्यार्थीहरुले स्वदेशी विद्यार्थीले भन्दा बढी तनाब बेहोरिरहेका छन् । उनीहरुको मानसिक स्वास्थ्य सहित अन्य दैनिकीमा पनि असर परिरहेको छ । त्यस्तै उनीहरुले परिवारबाट आर्थिक सहयोग पाइरहेका छैनन् भने साथी र घरपरिवारलाई पनि गुमाइरहेका छन् ।

उनीहरुलाई लागेको हुन सक्छ मैले जापान आएर धेरै कुरा गुमाएँ । उनीहरुलाई भाषागत समस्या, जापानीज मान्यताहरु र सुरक्षाको विषयमा समेत थाहा छैन ।

उनीहरुले जापानको कठिन बसाइलाई संक्रमणकालिन बसाईको रुपमा सम्झिरहेका छन् । उनीहरु शारीरिक रुपमा समस्याग्रस्त बनिरहेका छन् । उनीहरुलाई निद्रा पुगिरहेको छैन, टाउको दुखिरहेको छ भने पेटमा पनि समस्याहरु देखापरिरहेका छन् । साथै उनीहरु गहिरो डिप्रेसनमा परिरहेका छन् । उनीहरुलाई खानपानमा पनि समस्या भइरहेको छ ।

आफ्नो देशमा कम तनाबमा रहने विद्यार्थीहरुलाई जापानको लाइफस्टाइल र अध्ययन, अध्यापनको शैली अनुसरण गर्न कठिनाई भइरहेको छ ।

यहाँका धेरैजस्तो भाषा स्कूल र प्राविधिक शिक्षालयहरु पैसा कमाउने धन्दामा मात्रै लागिपरेका छन् । उदाहारणको लागि जुन बेला म क्यूसू भन्ने ठाउँमा भाषा पढिरहेको थिएँ । त्यो बेला मैले एउटै कोठाको भाडा ६० हजार जापानीज यन तिरहेको थिएँ ।

अहिले म टोकियोमा आएको छु । अहिले पनि मैले त्यतिनै रकम तिरिरहेको छु । तर मैले यो भन्दा धेरै रकम नेपालबाट आउने समयमा कन्सलट्यान्सीलाई तिरहेको थिएँ । उनीहरुले लगभग एक लाख २० हजार पैसा लिएका थिए ।

यस्ता समस्याहरु बाहिरबाट आउने सबै विद्यार्थीहरुले भोगिरहेका छन् । यो समान्य लाग्न सक्छ तर यस्ता अतिरिक्त खर्चका तनाबहरुले मान्छेलाई कहिलेकाहीँ किनारामै पुराउँछ ।

मलाई लाग्दछ कि विदेशबाट आएका कामदार र विद्यार्थीहरुमा रहेको मानसिक समस्या हटाउनको लागि यी उपायहरु अपनाउन सकिन्छ ।

१, विद्यार्थीहरुलाई उनीहरुले अध्ययन गर्ने स्कूलहरुमै मानसिक स्वास्थ्य सम्बन्धि कन्सल्टेन्टहरुको व्यवस्था हुनुपर्छ भने कामदारहरुलाई जापानकै सरकारी संस्थाहरुमा उनीहरुकै मातृ भाषामा यो सुविधा उपलब्ध गराइनु पर्दछ । जस्तै जापानको सरकारी एजेन्सी हेल्लो वर्कमा यो सेवा दिन सकिन्छ ।

२, जापानभरीनै निशुल्क मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइनुपर्दछ । जापानका सिटीहलहरु र नगरपालिकाहरुमा यो सेवा दिन सकिन्छ ।

३, विदेशीहरुलाई पुग्ने गरेर आइपर्नसक्ने मानसिक समस्याको बारेमा जानकारी गराइनु पर्दछ । अझ विदेशीहरुका लागि उनीहरुकै भाषामा हटलाइन सेवा पनि उपलब्ध हुनुपर्छ ।

४, विदेशबाट आएका विद्यार्थी र कामदारहरुले जापानमा भोगिरहेका समस्याहरुको निरन्त मोनिटरिङ हुनु जरुरी छ ।

५, कुक भिसामा आउनेहरुको न्युनतम तलबको बारेमा स्पष्ट व्यवस्था गरिनुपर्छ । रेस्टुरेन्ट संचालकहरुले नेपाली दुतावासमा गर्न सक्ने दलालीपनलाई अन्त्य गरिनुपर्दछ ।

६, भाषा तथा प्राविधिक शिक्षालयहरुमा निरन्त अनुगमन हुनु जरुरी छ । जहाँ उनीहरुले समस्या भोगिरहेका छन् ।

(जापान टाइम्समा प्रकाशित सामग्रीको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?