जापानमा जनशक्ति अभाव, यो वर्ष अध्ययन सिध्याएकाहरु बेरोजगार बस्न नपर्ने !

टोकियो । जापानमा जनशक्तिको अभाव देखिएको तथ्यांक आएको छ । अध्ययन अनुसार जापानका विश्वविद्यालय तहको अध्ययन पुरा गरेका कोही पनि बेरोजगार रहेका छैनन् ।

सन् २०१७ को अप्रील एकदेखि सुरु भएको नयाँ आर्थिक वर्षमा विश्वविद्यालयको पढाई पुरा गरेका विद्यार्थीहरु मध्ये ९७.६ प्रतिशत विद्यार्थीले जागिर पाएको जापान सरकारको तथ्यांकमा उल्लेख छ ।

जापानको शिक्षा मन्त्रालयलेगरेको अध्ययन अनुसार लगभग सबै विद्यार्थीहरुलेरोजगारी पाएको, केहीलेआफ्नै व्यावसाग गरिरहेका छन् ।

यसले जापानमा चरम जनशक्ति अभाव भएको समेत पुष्टि हुन्छ । यो दर अघिल्लो वर्षको दुलनामा ०.३ प्रतिशतले बढी हो । जापानको श्रम तथा शिक्षा मन्त्रालयले सन् १९९७ देखि यस्तो सर्वेक्षण गर्न थालेको हो ।

त्यहाँको श्रम मन्त्रालयले जारी गरेको एउटा तथ्यांक अनुसार नयाँ जागिर खोज्नेकोहरुको संख्या बढीरहेको छ । सोही अनुपातमा जागिर दिलाउने कम्पनीहरु पनि बढिरहेका छन् । यो अवस्था धेरैपछि सम्म पनि कायम रहने छ । कान्टो क्षेत्रमा त विश्व विद्यालय सकाएका ९९ प्रतिशत नयाँ विद्यार्थीहरुले जागिर पाएका छन् ।

कम्पनीहरुले समेत उच्च शिक्षा पढेका र भोकेस्नल स्कूल पूरा गरेकाहरुलाई जागिरमा लगाउन चाहेको देखिन्छ । वार्षिक ७ प्रतिशत बृद्धिदर भइरहेको बेला विश्वविद्यालय सकाएकाहरुको रोजागारीको दर ०.३ प्रतिशले बढेको स्वास्थ्य, श्रम तथा लोककल्याण र शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएका छन् ।

इन्जिनियरहरु उत्पादन गर्दै आएको कोची नेस्नल कलेज अफ टेक्नोलोजीले ९३ जना इन्जिनियहरुको लागि २६ सय भन्दा बढी जागिरका अवसरहरु आएको बताएको छ ।

यसले पनि जापानमा चरम जनशक्ति अभाव र सम्भावनाहरुको रहेको देखाउँछ । ‘विश्व विद्यालयका विद्यार्थीहरुलाई काममा लगाउन चाहाने कम्पनीहरुले विभिन्न कामहरु सिर्जना गरिरहेका छन्,’ करियर सपोर्ट सेन्टर स्कूलका प्रमुख क्याट्सुनोरी योकीले भने । महानगरीय टोकियो सिवा कमर्सियल हाइ स्कूलले पनि आफ्ना विद्यार्थीहरुले शत प्रतिशत जागिर पाएको जनाएको छ ।

त्यहाँका एक बरिष्ठ शिक्षक मिकी कोबायास्कीले भने, ‘जागिर खोज्नेहरुले अझै राम्रा अवसरहरु पाउन सक्छन् । इन्फ्राइस्टकचर सम्बन्धि विजनेश तथा होटलहरुमा जागिरको माग बढेको छ ।

२०२० मा हुने टोकियो ओलम्पीक्सको कारण यो संख्या थप बढेको हो ।’ यति हुँदा हुँदैपनि झण्डै ९ हजार ९ सय विश्व विद्यालय उत्तिर्ण विद्यार्थी जागिर पाउन असफल भएका छन् । उक्त सरकारी सर्भेले नमुना सर्वेक्षको क्रममा परेका २४ सरकारी र ३८ प्राइभेट कलेजसँग विभिन्न प्रश्नहरु सोधेको थियो । एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?