कार्यभार सम्हाल्न आइपुगिन् राजदूत राणा

टोकियो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणा जापान आइपुगेकी छिन् । नेपाल सरकारले संसदीय सुनुवाई पश्चात् राणालाई राजदूत नियुक्त गरेको थियो ।

राणा जापानको हानेदा विमान स्थलमा अपरान्ह अवतरण गरेकी थिइन् । उनलाई कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, द्धितिय सचिव टोप नारायण गिरी, रेवन्त केसी लगायतका दूतावासका कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

यस्तै एनआरएनए जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा लगायतले स्वागत गरेका थिए ।

राणाको साथमा उनका श्रीमान् विरेन्द्र राणा पनि आएका छन् । राजदूत राणा राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट जापानका लागि राजदूतमा नियुक्त भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?