पत्रकार महासंघ जापान शाखाले संघसंस्थाहरुबीच वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा क्रियाशील विभिन्न संघ संस्थाहरुसँग पारस्परिक सम्बन्ध विस्तारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही मे २० तारिख शनिवारका दिन शिनओकुवोस्थित बारकाँडे रेष्टुरेण्टमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

महासंघ जापान शाखाले नेपालीहरुद्धारा सञ्चालित विभिन्न संघ संस्थाका अध्यक्ष, महासचिव/सचिवलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ ।

गत महिना महासंघको जापान शाखामा मोहन घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

महासंघले जापानमा सञ्चालित नेपालीहरुका संघ संस्थाका गतिविधिहरुलाई सञ्चार माध्यममा ल्याउनका लागि सहजिकरणको भूमिका खेल्न मद्यत पुग्ने भएकोले परिचयात्मक कार्यक्रम फलदायी हुने विश्वास लिईएको छ ।

महासंघ जापान शाखाले कार्यक्रममा सहभागी भई आफ्नो संस्थाका बारेमा जानकारी गराउन र परिचय आदान प्रदान गर्न आह्वान गरेको छ । कार्यक्रम दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म चल्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?