अमोरिकी सैन्य अधिकारीसँग आबेको गुनासो–एशिया प्रशान्त क्षेत्रमा अस्थिरता ल्याउन खोजियो

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले एशिया प्रशान्त क्षेत्रका लागि अमेरिकी सैन्य अधिकारीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री आबेले अमेरिकी सहयोगबाटै उत्तर कोरिया विरुद्धको कारबाही अभियानसफल हुने बताएका छन् ।

आबेले अमेरिकी प्रशान्त कमाण्ड प्रमुख एडमिलर हैरि हैरिससँग भेटवार्ता गरेका हुन् ।

आबेले उत्तर कोरियाले निरन्तर मिसाइल प्रहार गरिरहेकाले यसलाई नियन्त्रण गर्नका लागि अमेरिकाको निरन्तर साथ चाहिनेबताएका थिए।

उनले प्रशान्त क्षेत्रमा अस्थिरता ल्याउन उत्तरकोरियाले निहु खोजिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?