फेरि जापानमा एक नेपालीले गरे आत्महत्या

टोकियो । पछिल्लो समय आत्महत्याका घटना बढीरहेका बेला फेरि एक नेपालीले आत्महत्या गरेका छन् ।

विगत चार वर्ष देखि जापानमा बस्दै आएका कास्कीको लेखनाथ–पोखरा १४ मझेरी पाटनका अर्जुन नेपालीले आत्महत्या गरेका हुन् ।

२८ वर्षीय नेपाली चिवास्थित इचिखावा सिटीमा बस्थे । चार वर्ष अघि अध्ययनका लागि जापान आएका नेपालीले आत्महत्या गर्नुकोकारण भने पत्ता लाग्न सकेको छैन ।

उनका साथीहरुका अनुसार पछिल्लो समय उनी निकै तनावमा देखिएका थिए । जापानमा आएर अध्ययनसँगै काम गरिरहेका नेपालीको घरायसी अवस्था अत्यन्तै कमजोर रहेको छ ।

उनको पार्थिव शरीर नेपाल लान असम्भव भएपछि जापानमै अन्तिम संस्कारको भएको तर आर्थिक समस्याका कारण सहयोग संकलन गर्नुपर्नेअवस्था रहेको एनआरएन कान्तोका अध्यक्ष प्रकाश थापाले बताए ।

एनआरएन कान्तोले आर्थिक सहयोगका लागि अपिल समेत गरेको छ ।सहयाेगकाे लागि एनअारएन कान्ताेकाे हुलाक बैंककाे खाता नम्बर 10010-4228121 रहेकाे छ । सहयाेगबारे जानकारीका लागि विशाल कार्की (080-4063-2020), प्रकाश थापा (090 -9381-4014), नविन न्यूरे (080-4145-9955) र विश्व सुवेदी (090-9328-5018) मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?